Logo

Apr 26 2025 | २०८२, वैशाख १३ गते

Apr 26 2025 | २०८२, वैशाख १३ गते

नेप्से ४१ अङ्कले घटेर सेयर बजार राताम्मे

नेप्से ४१ अङ्कले घटेर सेयर बजार राताम्मे

  • काठमाडौं  । लगातार उकालो लागेको सेयर बजार परिसुचक नेप्से दुई दिनदेखि भने  निरन्तर ओरालो लागेको छ ।  शेयर बजार आज बिहीवार उच्च अङ्कले  ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१.४ अंकले  घटेको हो ।

    images
    images
    images

    आज सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजार घटेको दिन दुई सय ५२ वटा कम्पनीका एक करोड ४४ लाख ८२ हजार कित्ता शेयर पाँच अर्ब ४७ करोड ७६ लाख रुपैयाँमा कारोबार भएका छन् । समैभन्दा धेरै शिवम् सिमेन्टको २२ करोड र रिडी हाइड्रोको झन्डै १८ करोड रुपैयाँको शेयर किनबेच भयो ।

    आज हिमालय एभरेष्ट इन्सुरेन्सको प्रमोटर शेयर १० प्रतिशत, गुराँस लघुवित्तको नौ प्रतिशत, कालिका पावरको साढे आठ प्रतिशत र बलेफी हाइड्रोको शेयर साढे सात प्रतिशतले  ओरालो लागेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij