
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभा परिसर राप्ती उपत्यका देउखुरीमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री गिरीलाई शपथग्रहण गराएका हुन् । दिउँसो १ बजे पद तथा गोपनीयताको शपथग्रहणको समय तोकिएको थियो ।
मन्त्रिमण्डलमा सहभागी हुने मन्त्रीहरूको टुङ्गो नलाग्दा मुख्यमन्त्री गिरीको शपथग्रहण ढिला गरी भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij