Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

चीनले रोक्यो कोभिड–१९ को दैनिक अपडेट

चीनले रोक्यो कोभिड–१९ को दैनिक अपडेट

  • तीन दिनदेखि चीनले आफ्नो दैनिक कोभिड–१९का नयाँ केसहरु अद्यावधिक गरेको छैन । सूचना नहुँदा विश्वको सबैभन्दा ठूलो महामारीले भविष्यमा कस्तो संकट निम्त्याउँला भनेर विश्वव्यापी चिन्ता बढेको ब्लुमबर्गलाई उदृत गर्दै अलअरेबियाडटनेटले जनाएको छ । 

    images
    images
    images

    अन्तिम पटक चीनले गएको सोमबार आफ्नो दैनिक कोभिड–१९को स्थिति अद्यावधिक गरेको थियो । गम्भीर प्रकृतिका बिरामी र मृत्युको संख्या बढिरहँदा कोरोना महामारीको बारम्बार परीक्षण रोकिएपछि रिपोर्ट औचित्यहीन भएको थियो ।

    चीनले सूचना अद्यावधिक नगर्नेबारे औपचारिक जानकारी दिएको छैन । तर त्यहाँका स्वास्थ्य अधिकारीहरूले गत महिना भाइरस व्यवस्थापनको लागि रिपोर्टहरु मासिक रुपमा अद्यावधिक गर्ने बताएका थिए ।

    यद्यपि, कहिलेबाट सुरु गर्ने भन्ने जानकारी सार्वजनिक गरिएको थिएन ।
     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij