
Apr 26 2025 | २०८२, वैशाख १३ गते
काठमाडाैं । नेपाल बैंकर्स संघको अध्यक्षमा सुनिल केसी चुनिएका छन् । वाणिज्य बैंकहरुको छाता संगठनको रुपमा रहेको नेपाल बैंकर्स संघमा यसअघि उपाध्यक्ष रहेका एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत केसी आजदेखि अध्यक्ष बनेका हुन् ।
ठमेलस्थित होटल एलफ्टमा आयोजित विशेष साधारण सभाले उनलाई अध्यक्षमा सर्वसम्मत छानेको हो । यसअघि संघका अध्यक्षमा कृषि विकास बैंकका अनिलकुमार उपाध्याय थिए । उनले पुस १० गतेदेखि बैंकबाट अवकाश पाएकाले अध्यक्ष पद रिक्त भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij