Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

  • काठमाडौँ । धनुषाबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले भारत बिहार राज्य मधुवनी जिल्ला ग्राम पञ्चायत दुहवी महिनाथपुर बस्ने वर्ष ४२ का राजेश कुमार सालाई पक्राउ गरेको हो ।  

    images
    images
    images

    धनुषाको विदेह नगरपालिका वडा नं. २ बाट इलाका प्रहरी कार्यालय दुहवीको प्रहरी टोलीले उनलाई मंगलबार पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले जनाएका छन् । 

    भारतबाट नेपाल तर्फ आउँदै गरेको बी.आर. ३२ ए.सी ७६७९ नम्बरको स्कुटरलाई चेकजाँच गर्दा स्कुटरको डिक्की भित्र श्रोत नखुलेको १६ लाख रुपैयाँ बरामद भएको डिएसपी क्षेत्रीले बताए । आवश्यक कार्बाहीको लागि उनलाई भन्सार कार्यालय जनकपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij