
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । पाल्पाबाट अभद्र व्यवहार मुद्धाका फरार प्रतिवादी युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामपुर नगरनगरपालिका ५ का २३ वर्षीय आदेश राना छन् ।
राणालाई १५ हजार सहित ६ महिना कैद सजाय सुनाएको थियो । उक्त फैसला लगत्तै फरार भएका रानालाई जिल्ला प्रहरी कार्यालय पाल्पाको विशेष टोलीले प्रतिवादी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
पक्राउ परेका रानालाई अदालतबाट म्याद थप गरि थप अनुशन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij