
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ४७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २.५ प्रतिशत गरी कुल ५० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंंकको स्वीकृति भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij