काठमाडौं । कृषि विकास बैंकले १३% लाभांश दिने घोषणा गरेको छ । बैंकको आज (पुस २६ गते) बिहान बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २% बोनस सेयर र कर कर समेत गरि ११% नगद लाभांश दिने निर्णय गरेको हो ।
यस्तै, कृषिले नेपाल सरकारको अग्राधिकार सेयरमा पनि ६% नगद लाभांश दिने जनाएको छ । नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।
गत वर्ष बैंकले २०% बोनस सेयर र कर तिर्न १.०५२% नगद लाभांश गरी कुल २१.०५२% लाभांश वितरण गरेको थियो ।