
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौं । प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंक लिमिटेड एक आपस मर्ज भई मंगलबारबाट एकिकृत कारोबार सुरू भएको छ । यी दुई बैंक एक आपसमा गाभिएपछि प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरू भएको हो ।
ग्लोबल आईएमई र बैंक अफ काठमान्डुको एकीकृत कारोबार सुरू भएको भोलिपल्ट मंगलबार प्रभु र सेञ्चुरी बैंक एक भएर कारोबार सुरू गर्दैछन् । दुबै बैंकको पुस १४ गते बसेको छुट्टाछुट्टै वार्षिक साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका हुन् ।
यी दुई बैंक मर्जपछि चुक्ता पूँजी २३ अर्ब पुगेको छ भने कुल निक्षेप २ खर्ब ८४ अर्ब र कर्जा प्रवाह २ खर्ब ५३ अर्ब रहेको छ । ३० लाख ग्राहक संख्या रहने बैंकका ३६५ वटा शाखा रहने छन् ।
वाणिज्य बैंकहरु एकपछि अर्को गर्दै धमाधम मर्जमा जाने क्रम तीब्र भएको छ । यसै महिना मात्रै आठ वटा वाणिज्य बैंक मर्ज भएर चार वटामा झर्ने भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij