
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार ६ सय रुपैयाँले बढेर १ लाख ३ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, तेजाबी सुनको मूल्य तोलाको १ लाख ३ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, आइतबार छापावाल सुन तोलाको १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले बढेर १३ सय ९० रुपैयाँ कायम भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij