
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । भारतबाट कैलालीतर्फ आइरहेको बस दुर्घटनामा १४ जनाको ज्यान गएको छ । भारतीय प्रहरीले दिएको जानकारी अनुसार भारतको उत्तराखण्ड प्रदेशस्थित लखनउ (उन्नाउ) मा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको हो । ज्यान गुमाउने सबै नेपाली रहेका छन् ।
मृतकमध्ये एक टीकापुर नगरपालिका–१ का चन्द्रबहादुर साउद रहेको र उनका परिवारका अन्य सदस्यले पनि ज्यान गुमाएको प्रहरीले जनाएको छ । उनीबाहेक मृतक अन्यको भने पहिचान खुल्न सकेको छैन ।
बस भारतको गुजरातबाट नेपाली यात्रु लिएर टीकापुर आइरहेको थियो । बसलाई विपरीत दिशातर्फ जाँदै गरेको अर्को सवारीसाधनले ठक्कर दिएको भारतीय प्रहरीले बताएको छ ।
बाक्लो हुस्सुका कारण दुर्घटना भएको प्रहरीको दाबी छ। बसमा नेपालीसँगै भारतीय नागरिक पनि सवार रहेको बुझिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij