Logo

Aug 09 2025 | २०८२, साउन २४ गते

Aug 09 2025 | २०८२, साउन २४ गते

६ रुपैयाँले बढ्यो चिनीको मूल्य

६ रुपैयाँले बढ्यो चिनीको मूल्य

  • काठमाडौँ । अवैध रूपमा भारतबाट भित्रिने चिनीमा सरकारले कडाइ थालेसँगै बजारमा चिनीको मूल्य बढेको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार एक सातामा नेपाली चिनी उद्योगीले चिनीको मूल्य किलोमै ६ रुपैयाँले बढाएका छन् ।

    images
    images
    images

    होलसेलमा ८० रुपैयाँ किलोमा पाइने नेपाली चिनीको मूल्य आइतबारदेखि ८६ रुपैयाँ पुर्‍याइएको छ ।

    images

    चिनी तस्करी बढेको भन्दै सरकारले भन्सारमा कडाइ गरिरहेकाले भारतीय चिनी आउन बन्द हुने बित्तिकै बजारमा अभाव देखाएर नेपाली उद्योगले मूल्य बढाएको सङ्घका एक सदस्य व्यापारीले बताए । चिनीको मूल्य बढेको टोखा चेम्बर अफ कमर्सले पनि जनाएको छ ।

    बजारमा अभाव हुने बित्तिकै मूल्य बढाउनु गलत भएको भन्दै उनले एक्कासी मूल्य बढेका कारण उपभोक्तालाई दिने जवाफ समेत नभएको बताए । बजारमा चिनीको खुद्रा मूल्यमा एकरूपता नभएको पनि उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij