
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । राष्ट्रिय सभाका सदस्य राधेश्याम अधिकारीमा कोरोना पुष्टि भएको छ ।
शुक्रवार (आज) बाट शुरु हुन लागेको संसद अधिवेशनलाई लक्षित गरेर बिहीवार सबैको कोरोना परीक्षण गरिएको थियो । ती मध्ये सा)सद अधिकारी र केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै अन्य सांसदहरुको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ । कोरोना देखिएका सांसद अधिकारी अरुको सम्पर्कमा नआएका कारण आजको राष्ट्रिय सभा बैठक शुरु भएको छ ।
संसद सचिवालयका अनुसार बिहीवार ९७ जनाको कोरोना परीक्षण गरिएको थियो। जसमा ४१ जना सांसदले पनि कोरोना परीक्षणका लागि स्वाब बुझाएका थिए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij