Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

भारत २ रनले विजयी

भारत २ रनले विजयी

  • श्रीलंकाविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा घरेलु टोली भारत २ रनले विजयी भएको छ । यो जितसँगै तीन खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ । श्रीलंकाले भने सिरिजमा हारबाट सुरुवात गर्‍यो । 

    images
    images
    images

    गएराति सम्पन्न खेलमा भारतले दिएको १ लक्ष्य ६२ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ६० रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान दासुन शानकाले ४५, कुशल मेन्डिसले २८, चमिका करुणारत्नेले अविजित २३, वानिन्दु हसरंगाले २१, चरित अशलंका १२ र भानुका राजापाक्षे १० रन बनाए । 

    भारतका लागि शिवम मावीले चार, उमरान मलिक र हर्षल पटेलले दुई/दुई विकेट लिए । भारतलाई दुई विकेट रनआउटको रूपमा प्राप्त भयो ।

    त्यसअघि मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६१ रन बनायो । उसका लागि अलराउन्डर दीपक हूडाले उत्कृष्ट अन्त्य गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij