
Jul 28 2025 | २०८२, साउन १२ गते
काठमाडौं । दाङमा सर्पले डस्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राजपुर गाउँपालिका– ३ खरदरियाका ५५ वर्षीय शालिकराम यादव रहेका जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।
आज बिहान उनलाई घरभित्र सर्पले डसेको थियो । यादवको उपचारको क्रममा आज नै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको प्रहरीको भनाइ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij