
Apr 21 2025 | २०८२, वैशाख ८ गते
थाइल्याण्डको बैंककबाट भारतको कोलकाता उडान भरेको विमानमा भारतीय यात्रुबीच विमानभित्रैै कुटाकुट भएको छ । स्माइल एयरवेजको विमानमासँगै बसेका यात्रुहरु मध्ये एकले अर्कोलाई शान्त रहन र सिटबाट हात तल झार्न आग्रह गरेपछि सामान्य विवाद भएपछि कुटाकुट भएको हो ।
घटना लगत्तै एयर होस्टेजले ति यात्रुहरुलाई सिटमा बस्न र झगडा नगर्न आग्रह गरेपनि नमानेपछि विमानका अन्य यात्रुहरुले आपत्ति जनाएका थिए ।
विमान कोलकतामा अवतरण गरे लगत्तै झगडा गर्नेहरुलाई प्रहरीले नियन्त्रणम लिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij