
Apr 09 2025 | २०८१, चैत २७ गते
ललितपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्दिर निर्माणका क्रममा भ्रष्ट्राचार गरेको भन्दै सर्लाहीको कविलासी नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
वास्तविक कार्यभन्दा बढी भुक्तानी दिएको भन्दै रायसहित तत्कालीन इन्जिनियर रामविनय प्रसाद यादव, सव–इन्जिनियर उमेश कुमार दास, उपभोक्ता समितिका अध्यक्ष रामभरोसी मण्डल धानुक, सचिव बाल्मेश्वर साह कलवार र कोषाध्यक्ष रिना कुमारीविरुद्ध मुद्दा दर्ता गरिएको हो । कविलासी नगरपालिका वडा ८ स्थित अधुरो रामजानकी मन्दिर निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी कार्य भएको गलत बिल बनाई ९७ हजार ८४० रुपैयाँ बढी भुक्तानी दिएको अभियोगपत्रमा उल्लेख छ ।
आर्थिक वर्ष २०७६/०७७ मा अधुरो रामजानकी मन्दिर निर्माण कार्यमा फिल्डमा कम काम भएकोमा बढी काम भएको भनी नापी किताबमा मूल्याङ्कन गरी चढाएको तथा ठेक्का बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरी सिफारिससमेत गरी फिल्डमा वास्तविक रुपमा भएको कार्यभन्दा बढी मूल्याङ्कन गराई भुक्तानी माग गर्ने र कार्य सम्झौताविपरीत कार्यसम्पन्न भएको भनी मुद्दा दर्ता गरिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij