Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

कम्बोडियाको एक होटलमा आगलागी हुँदा १० जनाको मृत्यु, ३० जना घाइते

कम्बोडियाको एक होटलमा आगलागी हुँदा १० जनाको मृत्यु, ३० जना घाइते

  • थाइल्याण्डको सीमामा रहेको कम्बोडियाको एक होटल क्यासिनोमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कम्बोडियाली प्रहरीले पोइपेटस्थित ग्रान्ड डायमन्ड सिटी क्यासिनो होटलमा स्थानीय समयअनुसार राति ११ः३० बजे आगलागी भएको जनाएको छ । एएफपीलाई प्राप्त प्रहरी रिपोर्टमा ‘करिब १० जनाको मृत्यु भएको र ३० जना घाइते भएको’ उल्लेख गरिएको छ ।

    images
    images
    images

    अनलाइनमा शेयर गरिएको भिडियो फुटेजमा विशाल कम्प्लेक्समा आगो लागेको देखिएको छ र केही क्लिपहरूमा मानिसहरू जलिरहेको भवनबाट हामफालेको देखिन्छ । स्थानीय सञ्चारमाध्यमका अनुसार आगलागीको समयमा क्यासिनोभित्र विदेशी नागरिक थिए ।

    थाइल्याण्डको विदेश मन्त्रालय स्रोतका अनुसार उनीहरूले स्थानीय अधिकारीहरूसँग नजिकबाट समन्वय गरिरहेका छन् र घाइतेहरूलाई थाइल्याण्डको सा कायो प्रान्तका अस्पतालहरूमा स्थानान्तरण गरिएको छ । अधिकारीले भने, “अग्नी नियन्त्रकहरूले थाई पक्षबाट दमकलहरू पठाएर आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् ।

    थाइल्याण्डको उद्धार समूह रुअम्कातान्यु फाउन्डेसनका एक स्वयंसेवकका अनुसार आगो पहिलो तल्लाबाट शुरु भएको थियो तर गलैँचासँगै चाँडै भवनभरी फैलिएको थियो । ग्रान्ड डायमन्ड सिटी थाईल्याण्ड र कम्बोडियाली सीमामा सञ्चालित केही प्रसिद्ध क्यासिनो–होटल मध्ये एक हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij