
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेको हो । आज सुन प्रतितोला १ लाख ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाला सुन प्रतितोला एक लाख ५०० रुपैयाँमा कारोबार भएको थियो । तर, आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।
सोमबार प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij