
Apr 17 2025 | २०८२, वैशाख ४ गते
उत्तरपश्चिमी चीनको सिनजियाङ क्षेत्रमा रहेको एउटा सुन खानी पुरिँदा १८ जना मजदुर फसेका छन् । फसेका मजदुरहरूको उद्धारका लागि उद्धारकर्ता परिचालन गरिएको छ ।
शनिबार दिउँसो काजाकिस्तानको सीमानाबाट करिब १०० किलोमिटर (६० माइल) टाढा रहेको यिनिङ काउन्टीमा खानी भत्किँदा उनीहरू पुरिएका थिए । खानी भत्केको समयमा ४० मजदुर सुरुङमा काम गरिरहेका थिए ।२२ जना खानी कामदारको उद्धार गरिएको र अन्य १८ जना खानीभित्र फसेका प्राप्त विवरणहरूमा जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij