
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकालाई वन क्षेत्रमा साबुन उद्योग निर्माणको काम रोक्न अन्तरिम आदेश दिएको छ ।
मेयर हर्क साम्पाङले कार्यपालिका बैठकको निर्णयको आधारमा उद्योग निर्माणको काम सुरु गराएका थिए । तर वनको जग्गामा अनुमति नलिएको र वातावरणीय प्रभाव मूल्यांकन पनि नगरेका कारण जिल्ला वन कार्यालय सुनसरीले अदालतले उच्च अदालत विराटनगरमा रिट दायर गरेको थियो ।
उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीका अनुसार न्यायाधीश रामबहादुर थापा र किरणकुमारी गुप्ताको संयुक्त इजलासले बुधबार निवेदनको किनारा नलागेसम्म काम अघि नबढाउन आदेश जारी गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij