Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

देउवाले जितेसँगै गठबन्धनको बैठक बोलाइयो

देउवाले जितेसँगै गठबन्धनको बैठक बोलाइयो

  • काठमाडाैं । सत्ता गठबन्धनको प्रमुख दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेता निर्वाचित भएलगत्तै गठबन्धनको बैठक बोलाइएको छ । आज बैठक बस्ने भनिए पनि समय भने तोकिएको छैन । 

    images
    images
    images

    कांग्रेसले यसअघि गठबन्धनका अन्य नेताहरुसंगको छलफलमा पार्टीमा संसदीय दलको नेता चयन नहुँदासम्म शक्ति बाँडफाँटबारे छलफल नगर्ने बताउँदै आएको थियो । सोहीअनुसार अहिलेसम्म गठबन्धनको बैठकमा पावर शेयारिङको विषयले औपचारिक प्रवेश पाएको छैन ।  

    राष्ट्रपति विद्यादेवी भण्डारीले १० पुस साँझ ५ बजेसम्म प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री पदको दाबी गर्न समय दिनुभएको छ । राष्ट्रपतिले दिएको समयसीमाभित्रै प्रधानमन्त्रीको दावी पेश गर्नुपर्ने बाध्यताका बीच गठबन्धनमा शक्ति बाँडफाँटबारे कुरा मिलिसकेको छैन ।  

    प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखललगायत पद भागबण्डा मिलाउन आजको बैठक केन्द्रित रहने जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij