
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौं । पर्साको कार्टुन उद्योगमा आगलागी हुँदा १४ करोड बराबरको क्षति भएको छ । मंगलबार मध्यराति बिन्दबासिनी गाउँपालिका–२ गर्दौलस्थित बाबा प्रिन्टिङ एन्ड प्याकेजिङ इन्ड्रस्ट्रिज प्रालिमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक गिरीले जानकारी दिए ।
उनका अनुसार आगलागी नियन्त्रका निम्ति वीरगन्ज महानगरपालिकाबाट दुई वटा, पोखरिया नगरपालिकाबाट एउटा, विपद व्यवस्थापन गुल्मबाट एउटा गरी चार वटा दमकल प्रयोग भएको थियो । प्रहरी, सशस्त्र प्रहरी खटिएर आगलागीलाई पौने ३ बजे नियन्त्रणमा लिएको हो। त्यहाँ रहेको कच्चा पदार्थ, मेसिनरी सामानहरू तथा तयारी गरिएका कार्टुन लगायत गरी १४ करोडको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीको कारण र क्षतिको यकिन विवरणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij