
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । जम्मु कस्मिरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ। बिहान पहाडी भेगमा बदली छ भने तराईमा हुस्सु लागेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ।
बिहीबार प्रदेश १ र गण्डकीमा आंशिक बदलीको आकलन महाशाखाले गरेको छ।
त्यसबाहेक बिहानको समयमा तराई भू-भागका केही स्थानमा हुस्सु लाग्ने गरेको छ। तर मध्यान्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने गरेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij