
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘मेन अफ दी इलेक्सन’का रूपमा सम्मान गरिएको छ । काठमाडौंमा मंगलबार सांसदहरूलाई बधाई दिने कार्यक्रममा एमालेका तर्फबाट विजयलाल श्रेष्ठले ओलीलाई सम्मान गरेका छन् ।
त्यसैगरी गएको निर्वाचनमा पार्टीलाई अर्घाखाँची, पर्वत र धनकुटा गरी तीन जिल्लामा ‘क्लिन स्वीप’ गराएको भन्दै ओलीले पार्टीका ती जिल्ला अध्यक्षहरूलाई सम्मान गरेका छन् । बहुदलपछि पहिलो पटक सोलुखुम्बुमा एमाले जितेकोमा पनि ओलीले सम्मान गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij