Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

लागुऔषध मुद्दाका फरार व्यक्ती ६ वर्षपछि पक्राउ

लागुऔषध मुद्दाका फरार व्यक्ती ६ वर्षपछि पक्राउ

  • काठमाडौं। लागुऔषध मुद्दाका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देही घर भएका नारायण बस्याल हुन् । 

    images
    images
    images

    उनी २०७२ भदौ ७ मा २ ग्राम ३ सय मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए । त्यसलगत्तै, बस्यालउनीविरुद्द २०७४ भदौ २१ गते उच्च अदालत तुलसीपुर दाङले ५ वर्ष कैद र ५ हजार जरिवाना हुने फैसला सुनाइएको थियो । जिल्ला अदालतबाट १० हजार जरिवाना तिरेर छुटेका बस्यालविरुद्ध सरकारी वकिल कार्यालयले पुनरावेदन गरेको थियो । उच्च अदालतको फैसलापछि बस्याल विदेशमा लुकेर बसेका थिए ।

    नेपाल फर्केको थाहा पाएपछि इलाका प्रहरी कार्यालय,सालझण्डीका इन्स्पेक्टर जगन्नाथ मरासिनी नेतृत्वको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । जिल्ला अदालत रुपन्देहीको आदेशले बस्याललाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय,रुपन्देहीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij