Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

गरिमा विकास बैंकद्वारा आईपीओ अकाउन्ट सञ्चालनमा

गरिमा विकास बैंकद्वारा आईपीओ अकाउन्ट सञ्चालनमा

  • काठमाडाैं । गरिमा विकास बैंकले वैदेशिक रोजगारमा रहने नेपालीहरुलाई बैकिङ एवं शेयर मार्केटसम्म पहुँच पु-याउने उद्देश्यले ‘फरिगन इम्प्लोइमेन्ट आईपीओ अकाउन्ट’को सुरुवात गरेको छ ।

    images
    images
    images

    नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशनानुसार प्राथमिक शेयर निष्कासन (आईपीओ) जारी गर्ने संस्थाले १०% शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि छुट्याउनु पर्ने व्यवस्था छ ।

    सोही अनुसार वैदेशिक रोजगारीमा रहेकालाई आवश्यक पर्ने सिआस्बा सुविधा दिनका लागि विकास बैंकले यो खाता संचालनमा ल्याएको हो । वैदेशिक रोजगारमा रहने नेपालीहरुले सजिलै बैंकको आधिकारीक वेबसाईटमा उपलब्ध अनलाईन खाता खोल्न सक्नेछन् ।  

    जसबाट खाता खोली डिम्याट, सिआस्बा र मेरो शेयरको सुविधा प्राप्त गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै, बैंकमा पहिला नै बचत तथा अन्य खाता हुने ग्राहकहरुले पनि सजिलै यो खाता खोल्न मिल्ने व्यवस्था मिलाइएको छ । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij