Logo

Jun 04 2025 | २०८२, जेठ २१ गते

Jun 04 2025 | २०८२, जेठ २१ गते

परीक्षामा उत्कृष्ट नम्बर ल्याउन यसरी पढौँ (टिप्ससहित)

परीक्षामा उत्कृष्ट नम्बर ल्याउन यसरी पढौँ (टिप्ससहित)

  • काठमाडौँ । अधिकांश विद्यार्थी परीक्षाको तयारी कसरी गर्ने र कसरी पढ्दा लामो समयसम्म स्मरण गर्न सकिन्छ भन्ने विषयमा अलमल्ल पर्ने गर्छन् ।

    images
    images
    images

    नतिजाको दौडमा लाग्दा त्यसले तनाव निम्त्याउँछ, जो परीक्षाको बेला प्रत्युत्पादक हुन सक्छ । अर्थात् धेरै अंक ल्याउने ध्याउन्नमा मस्तिष्कलाई अनावश्यक बोझ पर्न थाल्छ । परीक्षाको बेला तनावमुक्त हुनु जरुरी छ । पढेको कुरा पुनःस्मरण गर्नुपर्छ । तर, ‘टुप्पि कसेर’, ‘घुँडा धसेर’ किताब घोक्नुको कुनै अर्थ रहदैन ।

    images

    परीक्षा कसरी राम्रो गर्ने भन्ने विषयमा शिक्षाविद्को केहि टिप्स :

    पुरा अध्ययन   : यदि विद्यार्थीले तन मन दिएर किताबको सम्पूर्ण ज्ञान लिन सक्यो भने उसले करिब प्रशनपत्रमा आउनसक्ने प्रश्नको बारेमा भेउ पाउन सक्छ ।

    पुुराना प्रश्नपत्रको अध्ययन    :  परीक्षा तयारी गर्दा विद्यार्थीले सधैं सम्झनुुपर्ने विषय हो, पुुराना प्रश्नपत्रको अध्ययन । यसले परीक्षाको फरम्याट कस्तो हुन्छ भन्ने मात्र प्रष्ट पार्दैन उत्तर कसरी दिने वा कस्ताकस्ता प्रश्नहरु बढी महत्वपूर्ण छन् भन्ने जान्न सहज हुुन्छ । कुन प्रश्नलाई कति समय दिने भन्ने पनि यसले सहयोग पु¥याउँदछ । यस्तै ग्रुप ए मा दिईएका कति प्रश्नमध्ये कतिवटा प्रश्न कति समयावधीमा हल गर्नुपर्ने र तिनका पूर्णाङ्क कति हुन् भन्ने बारे जानकारी हुन्छ ।

    images

    समूह बनाएर पढ्ने    :  परीक्षाको तयारीमा जुटेका विद्यार्थीले समूह बनाएर अध्ययन गर्दा राम्रो हुन्छ । कहिले आफूले प्रश्न सोध्ने र कहिले आफूलाई प्रश्न सोध्न सकिन्छ र यसो गर्दा आत्मविश्वास बढ्छ । यसका अलावा पढेको कुुरा स्पष्टसँग बुुझ्न सकिन्छ । त्यसबाहेक साथीहरुको नोटकाट पनि नयाँ जानकारी वा ज्ञान पाउन पनि सकिन्छ ।

    लेख्दै अध्ययन गर्ने   : पुरै पाठ कण्ठ गर्ने वा पाठ बाचन गर्ने शैली त्यती प्रभावकारी मानिदैन, खासगरी स्मरणका लागि । आफुले पढेको कुरा सम्झन वा बुझ्नका लागि लेख्ने बिधी उपयुक्त हुन्छ । लेख्ने तरिका छिटो र सजिलो माध्यम हो स्मरण गर्नको लागि । कुनैपनि पाठ याद गर्नका लागि पुस्तक पढ्ने वा लेख्ने र आँखा चिम्लिएर त्यसलाई मनन गर्ने हो ।

    बिहान पढ्ने    : कक्षामा शिक्षकले पढाएको विषयलाई घरमा आएर राम्रोसँग अध्ययन गर्ने बानी विद्यार्थीका लागि उपलब्धि मूलक हुनसक्छ । परिक्षामा मात्र पढ्ने विदार्थीहरुले भने कठिन सामग्रीहरु बिहानै उठेर पढ्नुपर्छ । फ्रेस दिमागले पढ्दा सम्झन सजिलो हुने विभिन्न अध्ययनमा देखिएको छ ।

    चार्ट र डायग्रामको प्रयोग   :  कुुनै विषयवस्तुु पढ्दा श्रव्यदृश्य सामग्रीले सम्झन निकै सहयोग पु¥याउँछ । यदि यस्तो उपकरण नभएको खण्डमा महत्वपूर्ण विषयलाई चार्ट वा डायग्राममा उर्तानु पर्छ जसलाई सम्झन् सकियोस् ।

    पर्याप्त सुत्ने     :  परीक्षाका नाममा निद्रा मारेर नसुत्दा भोलिपल्ट दिमाग फ्रेस नहुने समस्या हुन्छ । यसले स्वास्थयमा पनि समस्या निम्ताउन सक्छ । त्यसैले पर्याप्त सुत्नु राम्रो हुन्छ ।

    स्वास्थ्यको ख्याल गर्ने    :  परीक्षाको तनाव, अनिन्द्रा, खानपानमा अनियमितताको कारण धेरै बिद्यार्थीलाई यसबेला स्वास्थ्य समस्या देखापर्न सक्छ । केहि विद्यार्थीहरु परीक्षाको समयमा बिरामी परेर परिक्षा नै छुटेको समाचारहरु पनि हामीले सुनेका छौँ । त्यसैले परीक्षामा पनि आफ्नो दिनचर्यालाई सन्तुलित राख्ने प्रयास गर्नुपर्छ । सहि समयमा सुत्ने, उठ्ने खाने तालिका अनुसरण गर्नुपर्छ ।

    खानेकुरामा ध्यान दिने    :  परिक्षाको बेलामा ताजा खानेकुरा खाने, पर्याप्त पानी पिउने गर्नुपर्छ । किनभने शारीरिक तथा मानसिक रुपमा स्वास्थ्य भइयो भने नै पढेको कुरा मस्तिष्कले ग्रहण गर्छ । र, त्यसलाई आफुले सरल ढंगमा प्रस्तुत गर्न सकिन्छ ।

    नियमित ब्रेक लिने    :  परीक्षा आयो भन्दैमा विद्यार्थीहरू निरन्तर पुुस्तक र नोट बुुकमा मात्र केन्द्रित हुुनुु हुुँदैन । नियमित रुपमा ब्रेक लिनुुपर्छ । रातमा पढ्दा सम्झन सजिलो हुुने विद्यार्थीले दिनमा धेरै थकाइ मार्ने र दिनमा पढ्दा सम्झन सजिलो हुुने विद्यार्थीले रातमा थकाइ मार्ने गर्नुुपर्छ । जुुन समयमा पढे पनि नियमित ब्रेक भने लिनुुपर्छ ।

    आफूले जानको कुुरालाई साथीहरुलाई भन्ने   : भनाइ नै छ, विद्यार्थीलाई सिक्नको लागि पुुस्तक अध्ययन गरेरभन्दा आफूले जानेको कुुरा अरुलाई भन्दा बढी प्रभावकारी हुुन्छ । त्यसैले साथीहरुलाई आफूले पढिरहेको विषयको प्रश्न आफैंलाई सोध्न लगाउने गर्नुुपर्छ । यसो गर्दा सम्झन कठिन भएको विषय स्पष्ट हुुने र परीक्षामा लेख्न अल्मलिने समस्याबाट मुुक्ति पाइन्छ ।

    परीक्षाको दिन बिशेष तयारी    :  परिक्षाको दिन दिमागलाई प्रेसर दिनु कदापी हुँदैन । त्यसैले परीक्षाको दिन अगाबै मिहिनेत गरेर नियमित पठनपाठन गर्नुपर्छ भनिएको हो । परीक्षाको दिन सखारै उठेर केहि बेर ध्यान गरेर ब्रेकफास्ट लिनुपर्छ । समयलाई हेक्का राख्नुपर्छ । परीक्षाको समय आवश्यक पर्ने सरसामाग्रीहरु जस्तै दुईवटा पेन, पेन्सील ईरेजर, स्केल जस्ता जोमेटी बक्स र एडमिट कार्ड अर्थात् प्रवेश पत्र भुल्नुहुँदैन । परीक्षाको दिन परीक्षा समयभन्दा ठिक २० मिनेट अगाडी परीक्षास्थल पुग्नुपर्छ । र प्रशनपत्र राम्ररी अध्ययन गरेर मात्रै उत्तर दिनुपर्छ नभुलौँ एउटा प्रश्न पूर्ण रुपमा बुझ्नु भनेको ४० प्रतिशत हल गरीनु बराबर हो ।

    कहिलेकाहीँ घण्टौं पढेपनि दिमागले केही टिप्दैन । कहिले दिमागले टिपिसकेको कुरा पनि परीक्षामा लेख्दै गर्दा भुसुक्कै बिर्सिइन्छ । यो आम समस्या हो । खासमा यो मस्तिष्कको क्षमता भन्दा पनि हाम्रो परीक्षा तयारीमा भरपर्ने कुरा हो । भनिन्छ नि ‘डन्ट वर्क हार्ड, वर्क स्मार्ट’ अर्थात्, धेरै कडा मिहिनेत नगर बरु चाहिँदो र बुद्धिमानी ढङ्गले मिहिनेत गर्नुपर्छ । त्यसैगरी ‘स्मार्ट’ तरिकाले पढ्ने हो भने हामीले सजिलैसँग पढ्न सक्छौं र पढेको कुरा याद गर्न सक्छौं ।

    परीक्षाको महिना नजिकिँदैछ । त्यसैले लगभग सबै विद्यालयमा तीव्र गतिमा पढाइ भइरहेको हुन्छ । चैत्र महिनामा हुने परीक्षाले विद्यार्थी माथिल्लो कक्षामा जान योग्य छ कि छैन भन्ने कुरा निर्धारण गर्ने भएकाले यो समय विद्यार्थीहरुका लागि अत्यन्तै महत्त्वपूर्ण छ । सबैजना राम्रो नतिजा ल्याउने ध्याउन्नमा तयारी गरिरहेका हुन्छन् ।

    फलामको ढोका मानिने एसईईको  यस परीक्षामा विशिष्ट अंक ल्याउने सबैको लक्ष्य हुन्छ । तर, विद्यार्थीहरु परीक्षा नजिकिँदै गर्दा जति एकाग्र भएर अध्ययन गर्छन् वर्षको शुरुवात देखि नै उनीहरु त्यसैगरी पढाइमा विल्कुलै लागिपर्दैनन् ।

    अन्तिम समयमा राम्रो नतिजा ल्याउने दबावमा विद्यार्थीहरु तनावको शिकार बन्छन् जुन झनै घातक हुनसक्छ ।

    विद्यार्थीले हरेक शीर्षक पूरा अध्ययन गर्नुपर्छ । किताबका सबै पाठ पढ्ने समय छैन भनेपनि कम्तीमा पढेका शीर्षकहरुको चाहिँ पूर्ण अध्ययन गर्नुपर्छ ।

    परीक्षा तयारी गर्दा विद्यार्थीले सधैं ध्यानमा राख्नुपर्ने कुरा हो, पुराना प्रश्नपत्रको अध्ययन । यसले परीक्षाको फरम्याट कस्तो हुन्छ भन्ने मात्र प्रष्ट पार्दैन उत्तर कसरी दिने वा कस्ताकस्ता प्रश्नहरु बढी महत्वपूर्ण छन् भन्ने जान्न सहज हुन्छ । कुन प्रश्नलाई कति समय दिने भन्ने पनि यसले सहयोग पु९याउँछ । यस्तै प्रत्येक समूहमा दिइएका कति प्रश्नमध्ये कतिवटा प्रश्न कति समयावधीमा हल गर्नुपर्ने र तिनका पूर्णाङ्क कति हुन् भन्ने बारे जानकारी हुन्छ ।

    परीक्षाको तयारीमा जुटेका विद्यार्थीले समूह बनाएर अध्ययन गर्दा राम्रो हुन्छ । कहिले आफूले प्रश्न सोध्ने र कहिले आफूलाई प्रश्न सोध्न सकिन्छ । यसो गर्दा आत्मविश्वास बढ्छ । यसका अतिरिक्त पढेको कुरा स्पष्टसँग बुझ्न सकिन्छ । त्यसबाहेक साथीहरुको नोटबाट पनि नयाँ जानकारी वा ज्ञान पाउन पनि सकिन्छ ।
    फेरि कसैको बानी हुन्छ एकान्तमा पढ्ने । यसो हो भने समूहमा नपढेकै बेस हुन्छ । आफूलाई कसरी पढ्दा सहज हुन्छ त्यही गर्ने । तर कोरोनाको कहरका कारण यो बेलामा समूहमा पढ्न सम्भव हुँदैन । अनलाईनमा वा ग्रुप च्याटमा तपाईले अध्ययन गर्न सक्नुहुन्छ ।

    पूरै पाठ कण्ठ गर्ने वा पाठ वाचन गर्ने शैली त्यति प्रभावकारी मानिँदैन । आफूले पढेको कुरा सम्झन वा बुझ्नका लागि लेख्ने विधि उपयुक्त हुन्छ । लेख्ने तरिका छिटो र सजिलो माध्यम हो स्मरण गर्नका लागि । पढ्दै गर्दा सँगसँगै लेख्ने ग-यो भने लेखन गति पनि बढ्दछ ।

    कक्षामा शिक्षकले पढाएको विषयलाई घरमा आएर राम्रोसँग अध्ययन गर्ने बानी विद्यार्थीका लागि उपलब्धिमूलक हुनसक्छ । परिक्षामा मात्र पढ्ने विदार्थीहरुले भने कठिन सामग्रीहरु बिहानै उठेर पढ्नुपर्छ । ‘फ्रेस दिमाग’ले पढ्दा सम्झन सजिलो हुने विभिन्न अध्ययनमा देखिएको छ ।

    कुनै विषयवस्तु पढ्दा श्रव्यदृश्य सामग्रीले सम्झन निकै सहयोग पु-याउँछ । यदि यस्तो उपकरण नभएको खण्डमा महत्वपूर्ण विषयलाई चार्ट वा डायग्राममा उतार्नुपर्छ ।

    परीक्षाका नाममा निद्रा मारेर पढ्दा भोलिपल्ट दिमाग फ्रेस नहुने समस्या हुन्छ । यसले स्वास्थ्यमा पनि समस्या निम्त्याउन सक्छ । त्यसैले पर्याप्त सुत्नु राम्रो हुन्छ ।

    परीक्षाको तनाव, अनिन्द्रा, खानपानमा अनियमितताको कारण धेरै बिद्यार्थीलाई यसबेला स्वास्थ्य समस्या देखापर्न सक्छ । केही विद्यार्थीहरु परीक्षाको समयमा बिरामी परेर परिक्षा नै छुटेको समाचारहरु पनि हामीले सुनेका छौँ । त्यसैले परीक्षामा पनि आफ्नो दिनचर्यालाई सन्तुलित राख्ने प्रयास गर्नुपर्छ । सही समयमा सुत्ने, उठ्ने खाने तालिका अनुसरण गर्नुपर्छ ।

    परीक्षाको बेलामा ताजा खानेकुरा खाने, पर्याप्त पानी पिउने गर्नुपर्छ । किनभने शारीरिक तथा मानसिक रुपमा स्वास्थ्य भइयो भने नै पढेको कुरा मस्तिष्कले ग्रहण गर्छ । र, त्यसलाई आफूले सरल ढंगमा प्रस्तुत गर्न सकिन्छ ।

    परीक्षा आयो भन्दैमा विद्यार्थीहरू निरन्तर पुस्तक र नोट बुकमा मात्र केन्द्रित हुनुहुँदैन । नियमित रुपमा ब्रेक लिनुपर्छ । रातमा पढ्दा सम्झन सजिलो हुने विद्यार्थीले दिनमा धेरै थकाइ मार्ने र दिनमा पढ्दा सम्झन सजिलो हुने विद्यार्थीले रातमा थकाइ मार्ने गर्नुपर्छ । जुन समयमा पढे पनि नियमित ब्रेक भने लिनुपर्छ ।

    भनाइ नै छ, विद्यार्थीलाई सिक्नको लागि पुस्तक अध्ययन गरेर भन्दा आफूले जानेको कुरा अरुलाई भन्दा बढी प्रभावकारी हुन्छ । त्यसैले साथीहरुलाई आफूले पढिरहेको विषयको प्रश्न आफैंलाई सोध्न लगाउनुपर्छ । यसो गर्दा सम्झन कठिन भएको विषय स्पष्ट हुने र परीक्षामा लेख्न अल्मलिने समस्याबाट मुक्ति पाइन्छ ।

    परीक्षाको दिन दिमागलाई प्रेसर दिनु कदापी सही होइन । त्यसैले परीक्षाको दिन अगावै मिहिनेत गरेर नियमित पठनपाठन गर्नुपर्छ भनिएको हो । परीक्षाको दिन सखारै उठेर केही बेर ध्यान गरेर ब्रेकफास्ट लिनुपर्छ । समयको हेक्का राख्नुपर्छ । परीक्षाको समय आवश्यक पर्ने पेन, पेन्सील, इरेजर, स्केल, एडमिट कार्ड अर्थात् प्रवेश पत्र जस्ता सामाग्री भुल्नुहुँदैन । परीक्षाको दिन परीक्षा समयभन्दा ठिक २० मिनेट अगाडि परीक्षास्थल पुग्नुपर्छ । र प्रश्नपत्र राम्ररी अध्ययन गरेर मात्रै उत्तर दिनुपर्छ । नभुलौँ एउटा प्रश्न पूर्ण रुपमा बुझ्नु भनेको ४० प्रतिशत उत्तर आउनु बराबर हो ।

    सामान्य लाग्ने तर, अत्यन्त महत्त्वपूर्ण टिप्स : 

    नियमित नुहाउने

    प्रशस्त पानी पिउने

    धेरै पिरो खानेकुरा सकेसम्म नखाने किनकी यसले मस्तिष्कलाई छिटो थकाउँछ

    पढ्ने कोठा उज्यालो र सफा राख्ने

    स्वच्छ हावामा हिँडडुल गर्ने

    पढेको कुरालाई आफूलाई मनपर्ने गीतको संगीतमा ढालेर याद गर्ने

    शब्दहरुलाई तस्वीर तथा दृश्यमा ढालेर पनि स्मरण गर्न सकिन्छ

    अभिभावकको भूमिका‘
    विद्यार्थीहरुको परीक्षाको नतिजा राम्रो वा नराम्रो हुनुको पछाडि उनीहरुको एकल भूमिका भने हुँदैन । तयारीका लागि अभिभावकले पनि घरमा त्यहीअनुसारको वातावरण सिर्जना गरिदिनुपर्छ ।

    आफ्ना नानीबाबुहरु परीक्षाको तयारी गर्दैगर्दा बाबुआमाले यसरी उनीहरुलाई मद्दत गर्नसक्छन्

    अध्ययनको वातावरण  : परीक्षाको समय विद्यार्थीहरु मानसिक रुपले थकित हुन्छन् । उनीहरुमा परीक्षामा राम्रो अंक कसरी ल्याउने भन्ने चिन्ता हुन्छ । यस्तो बेला अभिभावकहरु घरमा झै–झगडा गर्छन् भने छोराछोरीको मन मस्तिष्कमा नकारात्मक प्रभाव पर्छ ।

    झैझगडा मात्र होइन अभिभावकको हरेक नकारात्मक गतिविधिले अध्ययनमा जुटेका छोराछोरीमा गम्भीर असर पर्छ । त्यसैले अध्ययनको राम्रो वातावरण सिर्जना गरिदिनुपर्छ । राम्रो वातावरणका लागि शान्त ठाउँ भएर मात्र पुग्दैन, घरपरिवारको व्यवहार पनि आत्मीय र प्रेरणादायी हुन जरुरी छ । तर रिस डर धम्की देखाउनु कदापी हुँदैन ।

    मनोविज्ञान बुझ्ने   :  हरेक बालबालिकाको मनोविज्ञान, क्षमता र रुचि फरक हुन्छ । अर्कातिर कक्षा १० मा पुगेका बालबालिकाको उमेरका कारण, शरीरमा हुने वृद्धि विकास, हर्मोनको कारण एवम् मनोविज्ञान फरक तरिकाको हुन्छ । त्यसैले अभिभावकले आफ्ना छोराछोरीको सोचाइ, व्यवहार मध्यनजर गर्दै त्यहीअनुसारको व्यवहार गर्नुपर्छ ।

    मैत्रीपूर्ण व्यवहार   : परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई सधैं नै असल साथीको खाँचो हुन्छ र त्यो अभाव अभिभावक स्वयंले पूरा गर्न सक्छन् । आफू कति कमजोर छु, कुन–कुन विषयमा कमजोर छु भन्ने जस्ता कुरा उनीहरु आफ्ना साथीलाई मात्र भन्न सक्छन् । शिक्षक वा अभिभावकका अगाडि डरले पनि यस्ता कुरा लुकाउँछन् । त्यसैले उनीहरुको कमजोरी थाहा पाउन उनीहरूसँग मित्रवत् व्यवहार गर्नुपर्छ ताकि उनीहरु आफ्नो कमजोरीका सम्बन्धमा सजिलै खुल्न सकून् । छोराछोरीको कमजोरी बुझेर सोहीअनुरूपको शिक्षाको प्रबन्ध गर्न सकिन्छ ।

    कक्षा १० मा पुगेका छोराछोरीको उमेर भनेको सुन्दर देखिन खोज्ने, स्मार्ट बन्न खोज्ने उमेर हो । यसलाई अभिभावकले बुझेर हौसला र आवश्यक सल्लाह दिनुपर्दछ । परीक्षा र नतिजामा मात्र ध्यान दिने होइन, उनीहरुका इच्छा र स्वतन्त्रतालाई पनि ध्यान दिनु असल अभिभावकको गुण हो ।

    शिक्षकको भूमिका   :  अभिभावकले शिक्षकको भूमिका खेल्नुपर्ने हुन्छ । छोराछोरीलाई अनुशासनमा बाँधेर, उनीहरूले नबुझेको कुरा आफूलाई आउँछ भने सहज रुपमा सिकाइदिनु अभिभावकको कर्तव्य हो ।

    प्रेरणाको स्रोत    :  छोराछोरीका निम्ति प्रेरणादायी भूमिका सधै अभिभावकले नै निभाउनुपर्छ । प्रेरणाले छोराछोरीहरुमा नयाँ ऊर्जा थपिन्छ, केही गर्छु भन्ने जोस आउँछ । ‘तिमी परीक्षामा सफल हुन्छौ, तिमीले गरेको प्रयास राम्रो छ’ जस्ता प्रेरणादायी बोली व्यवहार उनीहरुमाथि झल्काइरहनुपर्छ । अध्ययनका क्रममा उनीहरूमा हीनताबोध सिर्जना हुन दिनु हुँदैन । उचित हौसला एवम् प्रेरणाको अभावमा पनि विद्यार्थीहरु कमजोर हुन्छन् ।

    सहयोगी    :  अध्ययन गरिरहेको बेलामा अभिभावकले बारम्बार डिस्टर्व गर्नु हुँदैन । धेरै पढ्–पढ् भनेर दबाव दिँदा विद्यार्थीहरु निरास हुन सक्छन् । त्यसैले पनि उनीहरुको स्वतन्त्रतालाई सम्मान गर्नुपर्छ ।

    समय दिने    :  आजभोलिका अभिभावक प्राय व्यस्त हुन्छन् तर, प्रत्येक दिन केही समय छुट्ट्याएर छोराछोरीसँग संवाद गर्नुपर्छ । परीक्षाको तयारी के कस्तो छ भनेर बुझ्नुपर्छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij