
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । सपरिवार नेपाल घुम्न आइपुगेका बलिउड अभिनेता विवेक ओबरायले आज (विहिबार) बिहान पशुपतिनाथ दर्शन गरेका छन् । बुबाआमा, पत्नी र छोराछोरीसहित उनले पशुपतिमा पूजाअर्चना गरे ।
पशुपतिपछि उनीहरु चन्द्रागिरी घुम्न जाने कार्यक्रम छ । आजै उनीहरु पोखरातर्फ प्रस्थान गर्नेछन् । नेपालको पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने उद्देश्यले ओबराय परिवारलाई व्यवसायी पुनम यादवले ल्याएकी हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij