Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सट्टेबाजी कार्यमा संलग्न भए बैंक खाता रोक्का हुने

सट्टेबाजी कार्यमा संलग्न भए बैंक खाता रोक्का हुने

  • काठमाडौं । विद्युतीय भुक्तानी कारोबार मार्फत जुवा तथा बाजी लगायतका सट्टेबाजीमा संलग्न भएमा नेपाल राष्ट्र बैंकले कारबाही गर्ने भएको छ ।

    images
    images
    images

    वल्र्डकपमा बाजी राख्ने र विद्युतीय माध्यममार्फत भुक्तानी बढेको आंशकामा अनलाइन जुवा र बाजीजन्य कार्यमा संलग्न हुनेलाई केन्द्रिय बैंकले कारबाही गर्न लागेको हो । एक सूचना जारी गर्दै केन्द्रीय बैंकले यस्ता क्रियाकलापमा सहभागि हुनेको बैंक खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबारसमेत रोक्का हुने जानकारी दिएको छ ।

    बैंक तथा वित्तिय संस्थाले गैर कानूनी कार्यहरुको भुक्तानी बैंक खाता, मोबाइल बैंकिङ्ग, मोवाइल वालेट लगायतका माध्यमबाट हुन नदिने व्यवस्था मिलाउन केन्द्रिय बैंकले निर्देशनसमेत दिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij