
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा किनबेच भएको बुधबार सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य ९८ हजार ८०० रुपैयाँ कायम भएको आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि यथावत् रहेको छ। मंगलबारजस्तै बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ३५० रुपैयाँ कायम भएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij