Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

सुकुम्बासी बस्तीलाई अहिलेलाई ढुक्क !

सुकुम्बासी बस्तीलाई अहिलेलाई ढुक्क !

  • काठमाडौँ । राष्ट्रिय भूमि आयोगले तत्काल कुनै पनि सुकुम्बासी बस्ती नहटाउन निर्देशन दिएको छ । आयोगले स्थानीय तहहरूसँग सहकार्य गर्दै अव्यवस्थित बस्ती व्यवस्थापनका लागि काम गरिरहेको भन्दै त्यस्ता बस्ती नहटाउन निर्देशन दिएको हो ।

    images
    images
    images

    बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगरपालिकाको समन्वयमा महानगरपालिकाले अव्यवस्थित सुकुम्बासी बस्ती हटाउन सुरु गरेपछि शुक्रबार एक सूचना जारी गरी आयोगले यस्तो निर्देशन दिएको हो । आयोगले लगत संकलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच र लालपुर्जा वितरणसम्बन्धी सम्पूर्ण कार्यहरू तत्काल सञ्चालन गर्न निर्देशन दिएको छ।

    सो कार्य सम्पन्न नभएसम्म कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूका बस्ती नहटाउन काठमाडौं महानगरपालिकासहित सम्पूर्ण स्थानीय तहहरू र सबै सरकारी तथा गैरसरकारी निकायहरूलाई आयोगले निर्देशन दिएको जनाइएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij