
Apr 19 2025 | २०८२, वैशाख ६ गते
चीनका पूर्व नेता जियाङ जेमिनको निधन भएको छ । चीनका पूर्व नेता जियाङ जेमिनको ९६ वर्षको उमेरमा निधन भएको छ ।
उनी ल्यूकेमिया (ब्लड क्यान्सर) द्वारा पीडित भएको चीनको सरकारी मिडियाले जनाएको छ । जसका कारण उनको शरीरका थुप्रै अंगले काम गर्न बन्द गरेको थियो । त्यहि रोगका कारण उनको बुधबार निधन भयो ।
जियाङलाई सधैँ एक मेहनेती नेताको रुपमा हेरियो । जेमिन सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपति बनेका थिए । उनी सन् १९८९ देखि २००२ सम्म चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव बनेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij