Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

'श्रमिकको योगदान सरकारले भुल्नुहुन्न' - गैरआवासीय नेपाली संघकी अध्यक्ष रविना थापा

'श्रमिकको योगदान सरकारले भुल्नुहुन्न' - गैरआवासीय नेपाली संघकी अध्यक्ष रविना थापा

  • काठमाडौं । गैरआवासीय नेपाली संघकी अध्यक्ष रविना थापाले विदेशमा रहेका श्रमिकलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागी गराउन सरकारले तत्काल सकारात्मक पहल गर्नुपर्नेमा जोड दिएकी छिन् ।

    images
    images
    images

    सामाजिक सुरक्षा दिवसको अवसरमा सामाजिक सुरक्षा कोषले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले संघले स्थापना कालदेखि नै निकै प्राथमिकताका साथमा वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्नको लागि नेपाल सरकार लगायत सरोकारवालाहरुसँग समन्वय र सहकार्य गर्दै आएको स्मरण गराउँदै विदेशमा रहेका बहुसंख्यक श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समेट्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

    विदेशमा रहेका श्रमिकको श्रमको ठुलो हिस्सा नेपालमा रेमिटेन्सको माध्यमबाट भित्रीरहेकोले उनीहरुलाई आफ्नो देश प्रति थप जिम्मेवार र अपनत्व महसुस गराउन सक्ने उनको भनाइ थियो ।

    संघले वैदेशिक रोजगारीमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई आर्थिक, कानूनी लगायतका सहयोग र परामर्श समेत दिँदै आएको जानकारी गराउँदै उनले सरकारसंग सहकार्यका लागि तत्पर रहेको बताइन् । अध्यक्ष थापाले नेपाली कामदरहरुलाई वैदेशिक रोजगारमा जानु अघि अनिवार्य रुपमा सीप मुलक तालिम र गन्तब्य मुलुकको भाषा र रहन सहन बारे जानकारी दिनु जरुरी रहेको बताइन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij