Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

समानुपातिकतर्फ रास्वपालाई १० लाख मत

समानुपातिकतर्फ रास्वपालाई १० लाख मत

  • काठमाडौँ । समानुपातिकतर्फ नेकपा एमाले शिर्ष स्थानमा रहेको छ । निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो अपडेट (आइतबार बिहान साँझ ६ बजे ) अनुसार अहिलेसम्म ८८ लाख ९८ हजार ७७६ मत गणना भइसकेको छ ।

    images
    images
    images

    जस अनुसार नेकपा एमाले सबैभन्दा अगाडी रहेको छ । एमालेले समानुपातिकमा अहिलेसम्म २४ लाख ४३ हजार ३०४ मत प्राप्त गर्दै शिर्ष स्थानमा रहेको छ ।

    त्यस्तै, नेपाली कांग्रेसले २३ लाख २० हजार ३८९ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेको छ । पछिल्लो अपडेट अनुसार माओवादी केन्द्रले समानुपातिकतर्फ अहिलेसम्म १० लाख १६  हजार ४२१ मत प्राप्त गरेर तेस्रो स्थानमा छ ।

    त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले पनि १० लाख मत कटाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म १० लाख ८ हजार ६८६ मत प्राप्त गर्दै चौथो स्थानमा रहेको छ ।

    त्यस्तै, राप्रपाले समानुपातिकतर्फ अहिलेसम्म ५ लाख २७ हजार ४१२ मत प्राप्त गरेको छ भने जसपाले ३ लाख ३ हजार २२९ मत प्राप्त गरेको छ । त्यसैगरी एकीकृत समाजवादी पार्टीले २ लाख ३९ हजार २२९ मत प्राप्त गरेको छ भने जनमत पार्टीले २ लाख ३७ हजार ५७४ मत प्राप्त गरेको छ ।

    त्यस्तै नागरिक उन्मुक्ति पार्टीले २ लाख २ हजार २८१ मत प्राप्त गरेको छ भने लोसपाले एक लाख २२ हजार ६९० तथा नेपाल मजदुर किसान पार्टीले ७२ हजार २०१ प्राप्त गरेको निर्वाचन आयोगले जानकारी गराएको छ । त्यस्तै हाम्रो नेपाली पार्टीले ५१ हजार ९२२ मत प्राप्त गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij