Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

आलेको तेस्रो जित

आलेको तेस्रो जित

  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का प्रेमबहादुर आले संघीय संसदमा लगातार तेस्रो जित हासिल गरेका छन् । आले डोटीबाट ४ हजार २ सय ६ मतको अन्तरले निर्वाचित भएका हुन् ।

    images
    images
    images

    बिहीबार बिहान सकिएको मतगणनामा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य आले २७ हजार २ सय १० मत ल्याएर निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । डोटीका मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयका अनुसार आलेले २७ हजार २ सय १० मत प्राप्त गर्दा एमाले उम्मेदवार गौरीकुमारी वलीले २३ हजार ४ मत प्राप्त गरेकी छन् ।

    यो निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार तेस्रो स्थानमा रहेका थिए । नरेन्द्रबहादुर खड्काले ६ हजार ६ सय ८९ मत प्राप्त गरेका थिए । राप्रपाका अंकबहादुर खड्काले ८ सय २ मत प्राप्त गरेका थिए ।

    डोटीबाट सुदूरपश्चिम प्रदेशसभामा एमाले र माओवादीका उम्मेदवार निर्वाचित भएका छन् । डोटी प्रदेश १ मा एमालेका चक्रबहादुर मल्ल र डोटी प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका शिवसिं ओली निर्वाचित भएका हुन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij