Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडाैं । नेपाल टेलिकम लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा २ अर्ब २२ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.५२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
आम्दानी घटेसँगै कम्पनीको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको आम्दानी ७.१४ प्रतिशत घटेर ९ अर्ब ७ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ। कम्पनीको अन्य आम्दानी भने समीक्षा अवधिमा ६६.७३ प्रतिशत बढेर १ अर्ब ९६ करोड २५ लाख रुपैयाँ पुगेको छ।
२० प्रतिशत बोनस शेयर वितरण गरेर चुक्ता पूँजी १८ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याएको यस कम्पनीको जगेडा कोषमा ७९ अर्ब २९ करोड १६ लाख रुपैयाँ सञ्चित छ।
नाफा घटेको र चुक्ता पूँजी बढेका कारण कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १० रुपैयाँ ८१ पैसा घटेर ४९ रुपैयाँ ४६ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५४० रुपैयाँ ५१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६.४८ गुणा रहेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij