Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

सुन र चाँदीका गहनासहित तीन जना भारतीय पक्राउ

सुन र चाँदीका गहनासहित तीन जना भारतीय पक्राउ

  • काठमाडौँ । मोरङकाे रंगेली नगरपालिका–४ स्थित सडक छेउबाट सुन र चाँदीका गहनासहित तीन जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भारतको अररिया कौवाकोह–४ बस्ने २८ वर्षीय कुमार यादव, अररिया कौवाकोह–३ बस्ने २५ वर्षीय सुरज कुमार यादव र सोही ठाउँ बस्ने ३५ वर्षीय राजेश कुमार यादवलाई पक्राउ गरेको छ । 

    images
    images
    images

    प्रहरीले उनीहरुको साथबाट १ तोला ४ आना ४ लाल सुनको एकथान नेक्लेस र एक जोर बाला, औंठी सहितको पन्जा एक जोर, एक जोर पाउजु र एक थान सिक्री गरी करिब ३१ तोला चाँदी बरामद गरेको जनाइएको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको तत्काल नम्बर नखुलेको ३ जना सवार मोटरसाइकललाई रोक्न खोज्दा मोटरसाइकलमा सवार व्यक्तिले प्लाष्टिकको झोला फाली फरार भएका थिए ।

    झोलामा सुन तथा चाँदीको गरगहना फेला पारेको थियो । फरार भएका ती व्यक्तिहरूको खोजी गर्ने क्रममा रंगेली नगरपालिका–४ चोप्राह बोडर छेउबाट बिआर ३८ जेड १८८० नम्बरको मोटरसाइकलसहित उनीहरूलाई फेला पारी प्रहरीले पक्राउ गरेकोथियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij