
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । नक्कली नेपाली रुपैयाँसहित रौतहटबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपीका अनुसार आरोपीहरुको साथबाट ८६ हजार नक्कली नेपाली रूपैयाँ बरामद गरिएको छ ।
मौलापुर नगरपालिकाबाट आरोपीहरु पक्राउ परेका हुन् । पक्राउ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij