
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । पश्चिमी वायुको प्रभावले अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ।
बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ। हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि संभावना रहेको छ।
राति देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र देशका हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको पनि संभावना रहेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij