
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । मंगलबार बेलुका पश्चिम नेपालको डोटीमा भूकम्प गएको छ । भूकम्पका कारण ६ जनाको ज्यान गएको छ । भूकम्पले घर भत्किँदा डोटीको पूर्वी चौकी गाउँका ६ जनाको मृत्यु भएको डोटी जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
मंगलबार बेलुका ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर ५ दशमलव ७ म्याग्नीच्यूडको भूकम्प गएको थियो । त्यस्तै, बुधबार राती २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज नै केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij