Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

कारको ठक्करबाट ४ जनाको मृत्यु

कारको ठक्करबाट ४ जनाको मृत्यु

  • स्पेनमा एक विवाह भोजमा कारले ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन् । अधिकारीहरूले तीन संदिग्धलाई हिरासतमा लिएका छन् र चौथो व्यक्तिको खोजी गरिरहेका छन् ।

    images
    images
    images

    म्याड्रिडबाट करिब २५ किलोमिटर ९१६ माईल० उत्तरपूर्वमा रहेको टोरेजोन डे अर्डोजमा विवाहको आयोजना गरिरहेको रेस्टुरेन्टको अगाडि बिहानै झगडा भएको थियो।

    images

    झगडापछि एउटा कारले विवाहमा आएका पाहुनालाई ठक्कर दिएर भागेको थियो । ‘ घटनास्थलमा पुग्दा चार जना मृत अवस्थामा भेट्टायौं’, म्याड्रिड आपतकालीन सेवाका प्रमुख कार्लोस पोलोले भने। घाइते अन्य चार जनालाई उपचारका लागि अस्पताल लगिएको उनले बताए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij