Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

‘डिसेम्बर फल्स’ मा आर्यनको अवतार !

‘डिसेम्बर फल्स’ मा आर्यनको अवतार !

  • काठमाडौं । चकलेटी अभिनेताको रुपमा परिचित आर्यन सिग्देल लामो समयपछि नयाँ फिल्ममा आबद्ध भएका छन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘चचहुईं’ पछि नयाँ फिल्म साइन नगरेका उनले प्रविण झाको निर्देशनमा बन्न लागेको लभस्टोरी थ्रिलर फिल्म ‘डिसेम्बर फल्स’ मा अभिनय गर्ने भएका छन् । शनिवार यो फिल्मको राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरिएको छ ।
     
    २०७८ साउन १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मको अभिनेत्रीको टुंगो लागेपछि छायांकन सुरु हुनेछ । आर्यनको अपोजिटका लागि अहिले एक अभिनेत्रीसँग कुराकानी भइरहेको फिल्मका कार्यकारी निर्माता लक्ष्मण रिजालले जानकारी दिए । फिल्ममा सलोन बस्नेत, सुमन थापा, नगेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारहरुको अभिनय रहनेछ ।
     
     आर्यन सिग्देलले ‘डिसेम्बर फल्स’ मा दर्शकले आफूलाई भिन्न रुपमा देख्न पाउने बताए । यो फिल्म गर्न आफूलाई स्क्रिप्टले आकर्षित गरेको उनको भनाई छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij