
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संघीय संसद् विघटन गरेर आगामी मध्यावधि चुनाव घोषणा भएसँगै प्रहरीले आवश्यक सुरक्षा तयारी सुरु गरेको छ । नियमित सुरक्षा र चुनावको मितिलाई मध्यनजर गर्दै चुनावको लागि आवश्यक पर्ने सुरक्षासहित पूर्वतयारीको काम सुरु गरिएको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले बताए ।उनका अनुसार चुनावका लागि एकीकृत सुरक्षा योजना लागु हुनेछ । जसका लागि गृह मन्त्रालयका सहसचिव नेतृत्वमा चारओटै सुरक्षा निकायका प्रतिनिधि रहने गरी एक समिति गठन गर्ने तयारी भएको छ ।
प्रहरीसँग प्रर्याप्त स्रोत–साधनको भने अभाव छ । यसका लागि सम्बन्धित पक्षलाई जानकारी गराइएको प्रहरी प्रवक्ता एसएसपी कुवँर बताउँछन् । तर, प्रहरीभित्रै निर्वाचन तोकिएको समयमा हुन्छरहुँदैन भन्नेमा आशंका भने छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij