
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य अत्याधिक बढेर आएको छ । भारतीय आयल कर्पोरेसन आईओसीले पेट्रोल, डिजेल तथा हवाई इन्धनको भाउ बढाएर पठाएको नेपाल आयल निगमले जनाएको छ ।
पेट्रोल प्रतिलिटर १ रुपैयाँ ७४ पैसा, डिजेल १५ रुपैयाँ ६० पैसा र हवाई इन्धन १० रुपैयाँ २५ पैसा बढेर आएको निगमका अनुसार रहेको छ । मूल्य बढेतापनि निगमलाई डिजेलमा प्रति लिटर ६ रुपैयाँ ३४ पैसा, एलपी ग्यासमा ३२५ रुपैयाँ ४४ पैसा प्रति सिलिण्डर घाटा हुने जनाएको छ । यस्तै पेट्रोल, हवाई इन्धन र मट्टितेलमा भने निगमलाई आगामी १५ दिनमा करीब ३९ करोड नाफा हुने प्रक्षेपण गरेको छ ।
नेपालमा पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची आएतापनि निगमले इन्धनको मूल्यमा कुनै परिवर्तन गरेको छैन । पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढेको कारणले विगत लामो समयदेखि निगम निरन्तर नोक्सानीमा संचालन भएको निगमको भनाई छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij