
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । आज नेपाली बजारमा सुनको मुल्य प्रतितोला १२ सय रुपैँयाले बढेको छ । छापाबाल सुनको मुल्य ९२ हजार ८०० रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । गत बुधबार प्रतितोला ९१ हजार ६०० रुपैँयामा कारोबार भएको थियो ।
तेजाबी सुन आज प्रतितोला ९२ हजार ३०० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला ९१ हजार १०० रुपैँयामा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मुल्य पनि प्रतितोला २५ रुपैँयाले बढेर प्रतितोला एक हजार १७० रुपैँयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो प्रतितोला एक हजार १४५ रुपैँयामा कारोबार भइरहेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij