Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

डलरको भाउ हालसम्मकै उच्च

डलरको भाउ हालसम्मकै उच्च

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको हालसम्मकै उच्च विनिमय दर  १२९.६८ रूपैयाँ तोकेको छ । यो भन्दा अघि एक अमेरिकी डलरको विनिमय दर सर्वाधिक हुँदा १२८.२९ रूपैयाँ पुगेको थियो ।   

    images
    images
    images

    अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाएपछि डलरको भाउ बढेको जानकारहरू बताउँछन् । अमेरिकी केन्द्रीय बैंकले सेप्टेम्बरको नीतिगत बैठकमा ब्याजदर शून्य दशमलव ७५ प्रतिशतले बढाएको थियो ।

    महँगी नियन्त्रण गर्न भन्दै संघीय कोषको दर शून्य दशमलव ७५ प्रतिशतले बढाएर ३ प्रतिशतदेखि ३ दशमलव २५ प्रतिशतको बीचमा राखेको छ । 

    अमेरिकी डलरको भाउ बढेपछि नेपाली मुद्रा हालसम्मकै कमजोर बनेकाे जानकार बताउँंछन् ।   

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij