Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

महारानी एलिजाबेथको अन्तिम संस्कार गरिँदै

महारानी एलिजाबेथको अन्तिम संस्कार गरिँदै

  • काठमाडौं । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको शाही परम्परा अनुसार अन्त्येष्टि गरिने भएको छ । करिब एक घण्टासम्म चल्ने राजकीय अन्त्येष्टिको कार्यक्रम नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । राजकीय अन्त्येष्टिपछि देशभर २ मिनेट मौन धारण गरिने समेत भएको छ ।

    images
    images
    images

    ९६ वर्षीया रानी एलिजाबेथको गत सेप्टेम्बर ८ मा निधन भएको थियो । बेलायतको शाही परम्परा अनुसार रानीको मृत्युको १० दिनपछि अन्तिम संस्कार गरिन्छ । रानीको कफिनलाई आज विशेष सवारी ‘गन क्यारिएज’ मा वेस्टमिन्स्टर एबेमा लगिनेछ । 

    अन्तिम राजकिय सम्मान सकिए पछि राजपरिवारका सदस्य र नजिकका व्यक्तिहरूको उपस्थितिमा एक निजी समारोह हुनेछ । रानीलाई बेलायतको स्थानिय समय अनुसार ४.३० र नेपाली समय अनुसार बेलुका ८.३० बजे गाडिनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij