
Apr 25 2025 | २०८२, वैशाख १२ गते
काठमाडौँ । शुक्रबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले झरेको छ । १४. १० अंक घटेसँगै परिसूचक १९१० अंकमा कायम भएको छ । कारोबार सुरु भएको १० मिनेटमै नेप्से १८८७ अंकसम्म झरे पनि त्यसपछि सम्हालिएको हो । दुई घण्टा भएको कारोबार रकम ९० करोड ८१ लाखमा खुम्चिएको छ ।
शुक्रबारका लागि आज भएको कारोबार नै अन्तिम हो । असोजदेखि शुक्रबार सेयर कारोबार हुने छैन । कुल ३० कम्पनीको मूल्य बढ्यो भने १५१ को घट्यो, ५ को स्थिर रह्यो । बैंकिङ ६, विकास बैंक ४४, फाइनान्स २२, होटल तथा पर्यटन १९, जलविद्युत् २५, जीवन बीमा २२, उत्पादन ५५, माइक्रोफाइनान्स ४३, निर्जीवन बीमा २७, अन्य ४ र ब्यापार उपसमूह ६ अंक घटे ।
बुद्धभूमि नेपालको मूल्य ६ तथा अपर हेवाखोलाको मूल्य ५.७ प्रतिशत बढ्यो । मिर्मिरे माइक्रोफाइनान्सको मूल्य ५.५ र रिभरफल्स पावरको ५.३ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा रिडी पावर, हिमालयन डिस्टिलरी, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स र अपी पावर क्रमश: अगाडि रहे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij