Logo

Apr 26 2025 | २०८२, वैशाख १३ गते

Apr 26 2025 | २०८२, वैशाख १३ गते

आज सेयर बजारमा हरियाली

आज सेयर बजारमा हरियाली

  • काठमाडौं । आज मंगलबार सेयर बजारमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सेयर कारोबार मापक नेप्से परिसूचक २१.३० अंकले बढेर १९३४.०४ विन्दुमा पुगेको छ । नेप्से १.११ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ३.८३ अंकले बढेर ३७६.१७ विन्दुमा पुगेको छ । 

    images
    images
    images

    यस दिन ३१ लाख ४६ हजार ९९६ कित्ता सेयर किनबेच हुँदा ९२ करोड २५ लाख ७४ हजार ४०९ रुपैयाँको कारोबार भएको छ । त्यस्तै, बोटलर्स नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । यस कम्पनीको मूल्य १९४.१० प्रतिकित्ताले बढ्दै २,१३६ रुपैयाँ पुगेको छ ।

    सेयर मूल्य धेरै बढ्नेमा मैलुङ खोला, सानिमा लार्ज क्याप, यूनिभर्सल पावर कम्पनी, रिभरफल्स कम्पनी पर्दछन्। नविल बैंक डिभेन्चरको मूल्य सबैभन्दा बढी ९.९५ प्रतिशतले घटेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij